Long horizontal

चोलेन्द्र पौडेल र पार्वती गुरुङको ‘नैना रेशम’ सार्वजनिक [ भिडियो सहित ]

0

पोखरा दिपक अधिकारी,
लोकप्रिय युवा सर्जक तथा गायक चोलेन्द्र पौडेल र गायिका पार्वती गुरुङको स्वरमा नयाँ लोकदोहोरी गीत ‘नैना रेशम’ बजारमा सार्वजनिक गरिएको छ । चोलेन्द्र पौडेलको शब्द संगीतमा रहेको गीतलाई आशिष अविरलको एरेन्ज गरेका छन् ।

पर्यटकीय नगरी पोखरामा छायांकन गरिएको गीतमा चर्चित गायक तथा मोडल रामजी खाड र नितु गुरुङले कम्मर मर्काएका छन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गीतको सम्पादन बिष्णु शर्माले गरेका छन् ।

गीतको भिडियोलाई होम गुरुङको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.